सेडामा अन्तराष्ट्रिय संगोष्ठी (Symposium)  

सेडामा अन्तराष्ट्रिय संगोष्ठी (Symposium)  

2023-07-28

त्रिभुवन विश्वविद्यालय आर्थिक प्रशासन अनुसन्धान केन्द्र (सेडा)मा अर्थमन्त्री डा.प्रकाशशरण महतको प्रमुख आतिथ्यतामा मिति २०८० साउन १२ मा "Harnessing the Potential of Productive Secotrs for Accelerating Economic Growth in Nepal"  शीर्षकको एक दिने अन्तराष्ट्रिय संगोष्ठी (Symposium) सम्पन्न भएको छ । 
सेडाहलमा आयोजित संगोष्ठीमा त्रिभुवन विश्वविद्यालयका शिक्षाध्यक्ष प्रा.डा शिवलाल भुसाल, पुर्वअर्थमन्त्री डा. प्रकाशचन्द्र लोहनी,  चोङनाम नेसनल युनिभर्सिटी दक्षिण कोरियाका डा. चोउल ही पार्क र डा. दोउ रि किम, कृषि तथा वन विश्वविद्यालयका अनुसन्धान निर्देशक डा. ऋषिराम कट्टेल, राष्ट्रिय योजना अयोगका पूर्वउपाध्यक्ष डा. दिपेन्द्र बहादुर श्रेत्री, राष्ट्रिय योजना आयोगका सदस्यद्धय डा. रामकुमार फुयाल र रमेशचन्द्र पौडेल, नेपाल सरकारका पूर्व सहसचिव मुकुन्द्र पौडेल लगायतको उपस्थिति रहेको थियो ।