त्रिवि जलतथा मौसम विज्ञान केन्द्रीय विभागद्बारा भोटेकोशी बाढीको वैज्ञानिक तथ्यहरु उजागर

त्रिवि जलतथा मौसम विज्ञान केन्द्रीय विभागद्बारा भोटेकोशी बाढीको वैज्ञानिक तथ्यहरु उजागर

2026-09-08

काठमाडौं । भदौ २३

त्रिभुवन विश्वविद्यालय,जल तथा मौसम विज्ञान केन्द्रीले विभागले नेपाल चीन सिमामा रहेको रसुवागढी भोटेकोशी नदीमा आएको अकल्पनीय भीषण बाढीको वैज्ञानिक एवं अनुसन्धानमुलक तथ्यहरु प्राध्यापक, विद्यार्थी एवं पत्रकारहरु समक्ष उजागर गरेको छ ।

कीर्तीपुरस्थित केन्द्रीय विभागको सभाहलमा आयोजित पत्रकारहरु सम्मिलित एक कार्यक्रममा हिमनदी विज्ञ उपप्राध्यापक डा.दिवस श्रेष्ठ र अनुसन्धानकर्मी अरविन्द खड्काले हिमचट्टानमा गएको पहिलोका कारण हिमताल विष्फोट भई ग्रेगरसहितको बाढी करिव ७ मिनेटको समयमै नेपालको सिमाभित्र छिरेको बताउनुभयो । नेपालमा ४ लगभग ४ हजार हिमनदीहरु रहेको, जलवायु परिवर्तनका कारण उत्पन्न विश्वव्यापी उष्णताका कारणहरु हिमनदीहरु खुम्चदै गइरहेको, हिउँको आयतनसमेत साधुरिदै गएको, नेपालमा हिमनदी विष्फोट भई भौतिक एवं मानविय क्षति निम्तिनसक्ने वैज्ञानिक आंकलन पटक/पटक भइरहेको, हाल घटनाभएको क्षेत्रका हिमनदी सम्वन्धमा वैज्ञानिक अनुसन्धान कम हुनेगरेको र उक्त क्षेत्रमा नेपालको पहुँच समेत कम भएको, यसप्रकारको हिमताल विष्फोटका सन्दर्भमा कम बैज्ञानिक आंकलन गरिएको, साथै नेपालको तर्फवाट गरिने अनुसन्धानमा स्रोत र साधनको कमी रहेको र न्यून जनशक्ति, उपकरणका कारण समेत निरन्तर तथ्याङ्क संकलनमा कठिनाई भइरहेको बताउनुभएको थियो ।

कार्यक्रममा विभागकै उपप्राध्यापक एवं बाढीहरुका बारेमा निरन्तर अनुसन्धान गर्दै आइरहनुभएका डा.सुरेश मरहठ्ठाले भदौ १० गते आएको भीषण बाढीको वैज्ञानिक अनुसन्धान गरी तथ्यहरु सार्वजनिक गर्नुभएको थियो । उहाँका अनुसार विभिन्न १२ वटा स्टेशनहरुवाट लिएको तथ्याङ्कको आधारमा दशहजार बर्षमा आउने पानीको समेत चारगुणा बढी २ करोड घनमिटरको मिसावटयुक्त बाढी आएको, १४ घण्टामा चितवन पुग्ने बाढी ६ घण्टा ३५ मिनेटमै पुगेको, बाढीमा ५० प्रतिशत अन्य ग्रेगर लगायतका मिसावट रहेको, नदिले औसतमा नियमित कभरेज ५० मिटर माथिसम्म समेटिएको उल्लेख गर्नुभएको थियो । कार्यक्रममा त्रिभुवन विश्वविद्यालयका पूर्वउपकुलपति तथा विभागका प्रा.डा दिपक अर्यालले जलतथा मौसम विज्ञान केन्द्रीय विभागमा हिमनदी र यसका जटिलताहरुका बारेका अनुसन्धानमुलक अध्ययन/अध्यापन हुँदै आइरहेको जानकारी दिनुहुँदै जलवायु र हिमनदी अनुसन्धानमा स्रोत र साधनको कमि भएको बताउनुभयो । जलवायु परिवर्तनबाट उत्पन्त समम्याको समाधानमा सवै राष्ट्रहरु एकजुट हुनुपर्ने धारणा व्यक्त गर्नुहुँदै जलवायु परिवर्तन र यसप्रकारका प्राकृतिक दुर्घटनाहरुका सम्वन्धमा निरन्तर गहिरो अनुसन्धान गर्नुपर्ने बताउनुभयो । जलतथा मौसम विज्ञान केन्द्रीय विभागका प्रा.डा विनोद दवाडीले वैज्ञानिक अनुसन्धान र तथ्यहरु नितिगत तह र समुदायस्तरमा समेत पुर्याउनुपर्ने धारण व्यक्त गर्नुभएको थियो ।