त्रिवि शिक्षाध्यक्षमा प्रा.डा अन्जना सिंह र रजिष्ट्रारमा डा.रविन्द्र शिवाकोटी नियुक्त

त्रिवि शिक्षाध्यक्षमा प्रा.डा अन्जना सिंह र रजिष्ट्रारमा डा.रविन्द्र शिवाकोटी नियुक्त

2026-09-02

त्रिभुवन विश्वविद्यालयको शिक्षाध्यक्ष र रजिष्ट्रार पदमा क्रमश: प्रा.डा अन्जना महर्जन सिंह र डा. रविन्द्र शिवाकोटी नियुक्त हुनुभएको छ ।

त्रिभुवन विश्वविद्यालय ऐन २०४९ को दफा १९ को उपदफा ()  र सोही ऐनको दफा २० को उपदफा () मा व्यवस्था भए बमोजिम सम्मानीय प्रधानमन्त्री एवं त्रिभुवन विश्वविद्यालयका कुलपति बालेन्द्र शाहज्यूको मिति २०८३।०५।१५ को निर्णानुसार उहाँहरुलाई क्रमश: शिक्षाध्यक्ष र रजिष्ट्रार नियुक्त गर्नुभएको हो । माइक्रोबायोलोजी केन्द्रीय विभागमा प्राध्यापनरत नवनियुक्त शिक्षाध्यक्ष प्रा.डा अन्जना महर्जन सिंह र शिक्षाशास्त्र संकाय अन्तर्गतको  ग्राजुएज स्कूल एफ एजुकेशनका निर्देशक जिम्मेवारीमा  रहनुभएका नवनियुक्त रजिष्ट्रार डा.रविन्द्र शिवाकोटीले २०८३।०५।१७ मा कीर्तिपुर स्थित क्रमश: शिक्षाध्यक्षको कार्यालय र रजिष्ट्रारको कार्यालयमा उपस्थित भई पदभार ग्रहण गर्नुभएको छ ।