मानवअधिकार र न्याय सम्वन्धमा अन्तराष्ट्रीय सम्मेलन 

मानवअधिकार र न्याय सम्वन्धमा अन्तराष्ट्रीय सम्मेलन 

2026-08-12

काठमाडौं । साउन २७

त्रिभुवन विश्वविद्यालय द्बन्द्ब,शान्ति र विकास अध्ययन केन्द्रीय विभागले एकदिने "Peace in an Age of Disorder : Rethinking Human Rights, Justice and Global Futures" शीर्षकको अन्तराष्ट्रीय सम्मेलन आयोजना गरेको छ । सम्मेलनमा अन्तराष्ट्रीय अव्यवस्था र क्रमभंगताको वैश्विक परिवेशमा मानवअधिकार, न्याय र विश्व भविष्यका बारेमा चर्चा गरिएको छ । सम्मेलनले द्बन्द्बको बहुआयामिक पक्षकहरुका बारेमा सुक्ष्म विश्लेषण गर्दै राजनीतिक, आर्थिक, सामाजिक एवं धार्मिक द्बन्द्बहरुका सम्भावना र त्यसको निराकरणका बारेमा गहिरो समिक्षा गरेको छ ।

कीर्तिपुर स्थित द्बन्द्ब, शान्ति र विकास अध्ययन केन्द्रीय विभागमा आयोजित अन्तराष्ट्रीय सम्मेलनलाई सम्बोधन गर्नुहुँदै त्रिभुवन विश्वविद्यालयका उपकुलपति प्रा.डा भोला थापाले अन्तराष्ट्रीय सम्मेलन आयोजना गरेकोमा केन्द्रीय विभागलाई विशेष धन्यवाद व्यक्त गर्नुहुँदै द्बन्द्बलाई शान्तिमा रुपान्तरण गर्न अर्थ/सामाजिक इन्जिनियरिङले महत्वपूर्ण भूमिका निर्वाह गर्ने बताउनुभयो । उहाँले समाजमा सुषुप्त अवस्थामा रहेका सम्भावित द्बन्द्बहरुका अध्ययन गरी त्यसको सफलतापूर्वक समाधानका लागी प्राज्ञिक अध्ययन र अनुसन्धान आवश्यक रहेकोले केन्द्रीय विभागका स्तरोन्नतीका लाई सार्थक प्रयत्न गर्ने बताउनुभएको थियो ।साथै उहाँले शान्ति र मानवअधिकार क्षेत्रमा देखिएका कठिनाईहरुको सवैले मिलेर सामना गर्नुपर्ने धारणा समेत व्यक्त गर्नुभयो । सम्मेलनमा राष्ट्रीय मानवअधिकार आयोगका सचिव मुरारी प्रसाद खरेलले द्बन्द्बका जैविक, भौतिक एवं सामाजिक कारणहरुका साथै पुँजिवादका कारण उत्पन्न असमानता,विभेद, वेरोजगारी, श्रमशोषण, वातावरणीय क्षय तथा मौसम परिवर्तनका मुद्दाहरुमा समेत व्यापक छलफल गर्नुपर्ने धारणा व्यक्त गर्नुभयो । भारतको दिल्ली विश्वविद्यालयमा राजनीतिक शास्त्रको प्राध्यापक डा.माधुरी सुखीजाले अन्तराष्ट्रीय अव्यवस्थाका कारण उत्पन्न राजनीतिक तथा आर्थिक द्बन्द्ब क्रमश युद्ब र हिंसा तर्फ उन्मुख रहेकोले विश्व समुदाय थप सचेत र चनाखो हुनुपर्ने धारण व्यक्त गर्नुभएको थियो ।

May be an image of dais and text that says 'International Conference Peace in an Age of Disorder: Rethinking Human Rights, Justice and Global Futures 12 August 2026, Kathmandu, Nepal Organised by Central Depa Tribhuvan Ur NSNRAE of Conflict, Peaceland Development H KT'

अमेरिकाको जर्ज म्यासन विश्वविद्यालयका सहप्राध्यापक अर्थर रुमेनोले नेपालको द्बन्द्ब र द्बन्द्बलाई शान्तिमा रुपान्तरण गर्ने प्रक्रियावाट विश्वले सिक्नुपर्ने धारणा व्यक्त गर्नुहुँदै प्रजातन्त्र, मानवअधिकार र सामाजिक न्यायका संरचनाले मात्रै द्बन्द्बकम हुँदै वरु संस्थाहरुको सफल र इमानदार क्रियाकलापमा निर्भर रहने धारणा व्यक्त गर्नुभएको थियो ।सम्मेलनमा नेपाल र दक्षिण एसियाली अनुसन्धान केन्द्र (सिनास) का कार्यकारी निर्देशक डा. मृगेन्द्र बहादुर कार्कीले नेपालले विश्वसमुदायकी भाष्य र सिद्बान्त मात्रै अंगिकार नगरी आफनो ऐतिहासिक तथा पूर्वीय मान्यतामा आधारित दृष्टीकोणलाई प्रवलीकरण गर्नुपर्ने बताउनुभयो । उहाँले द्बन्द्ब र द्बन्द्बका कारणहरुलाई हेर्ने दृष्टीकोणमा समेत पूर्नदृष्टी गर्नुपर्ने धारणा व्यक्त गर्नुभएको थियो ।सम्मेलनमा अमेरिकाको जर्ज म्यासन विश्वविद्यालयका सहप्राध्यापक अर्थर रुमेनोले " Cities for Peace : Building a National Urban Peace Infrastructure in Nepal " द्बन्द्ब,शान्ति र विकास अध्ययन केन्द्रीय विभागमा कार्यरत डा.धिरेन्द्र नेल्वोले " Conflict is Inevitable, Peace is Not" केन्द्रीय विभागमै कार्यरत डा.इशा घर्तीले " Casteed Body and the " Undignified" Revolution: The Spatial Politics of Badi Women's Protest at Singh Durbar " र नेपाली सेनाका पूर्व मेजर जनरल टंक भट्टले " Defence Diplomacy Between Nepal and India" शीर्षकमा कार्यपत्र प्रस्तुत गर्नुभएको थियो ।