अनुसन्धानमा मानव र बाँदर द्बन्द्ब व्यवस्थापन

अनुसन्धानमा मानव र बाँदर द्बन्द्ब व्यवस्थापन

2026-06-18

त्रिभुवन विश्वविद्यालय प्राणीशास्त्र केन्द्रीय विभागमा राष्ट्रीय प्राथमिकता प्राप्त अनुसन्धान परियोजना अन्तर्गत " Evidence- Based Monkey Management in Nepal : Integrating Wildlife Ecology and Socioeconomics to Indetify the Drivers of Human-Monkey Conflicts and Its Potential Solutions" शीर्षकको अनुसन्धानको प्रारम्भिक कार्यशाला (Inception workshop) सम्पन्न भएको छ ।

प्राणीशास्त्र केन्द्रीय विभागका कार्यरत प्रा.डा लक्ष्मण खनाल मुख्यअनुसन्धानकर्ता रहनुभएको उक्त अनुसन्धानमा सहअनुसन्धानकर्ताको रुपमा डा.सुभाष घिमिरे र डा.विपिन कुमार आचार्य रहनुभएको छ। मुख्यअनुसन्धानकर्ता प्रा.डा लक्ष्मण खनालले अनुसन्धानमा मानव र बाँदर विचको द्बन्द्बको प्रभाव, उक्त द्बन्द्बका कारण सिर्जित पर्यावरणीय, आर्थिक र सामाजिक पक्षका बारेमा केन्द्रीत रहने बताउनुभयो। अनुसन्धानमा बाँदरका कारण सिर्जना भएको भनिएका बसाईंसराई, बालिनालीमा परेको असर, बाँदर नियन्त्रणका परम्परागत र आधुनिक उपायहरु, बाँदरको संख्या र वितरण, बाँदरहरुको जनसाङ्खिक अध्ययन समेत गरी मानव र बाँदरविचको द्बन्द्बका मुख्य कारण र समाधानका उपायहरुका बारेमा अनुसन्धानमा आधारित नितिगत सुझाव विश्वविद्यालय मार्फत नेपाल सरकारलाई बुझाउने बताउनुभयो।