त्रिभुवन विश्वविद्यालयको आयोजना र एसियाली विकास बैंक र संयुक्त राष्ट्र शैक्षिक, वैज्ञानिक र सांस्कृतिक सङ्गठन ( युनेस्को) को आर्थिक सहयोगमा नीतिगत नेतृत्वको बहस सन् २०२६ अन्तर्गत उच्चशिक्षामा जिम्मेवार र नवप्रवर्तनात्मक कृत्रिम बौद्बिकताको नक्साङ्कन "Charting Responsible and Innovatioe AI Intergration in Higher Education " शीर्षकमा एसियाली राष्ट्रहरुविच बहसको प्रारम्भ भएको छ ।
काठमाडौंमा आयोजित उच्चशिक्षामा कृत्रिम बौद्बिकताको विषय केन्द्रीत उक्त बहसमा नेपालसका साथै चीन, भारत,पाकिस्तान, बंगलादेश,श्रीलंका, माल्दिभ्स, भुटान लगायतका देशहरुका प्रतिष्ठित विश्वविद्यालयहरुका उपकुलपति, प्राध्यापक तथा अनुसन्धानकर्ताहरुको उल्लेखनिय उपस्थिति रहेको छ । नीतिगत बहसलाई सम्वोधन गर्नुहुँदै त्रिभुवन विश्वविद्यालयका उपकुलपति प्रा.डा सुशील बहादुर बज्राचार्यले कृत्रिम बौद्बिकताको सचेत प्रयोग गरी उच्चशिक्षालाई थप गुणस्तरीय,प्रभावकारी तथा विश्वपरिवेश अनुरुपको बनाउनुपर्नेमा जोड दिनुभयो । कृत्रिम बौद्बिकताको प्रयोगका बारेमा प्राध्यापक र विद्यार्थीहरुलाई दक्ष बनाई संस्थागत विकासमा केन्द्रीत गर्नुपर्ने, अनुसन्धान दक्षता अभिवृद्बि गर्नुपर्ने र नीतिगतरुपमा सरकारले कृत्रिम बौद्बिकताको प्रयोगलाई सहज बनाउने नीति तथा कानून निर्माण गर्नुपर्ने धारणा समेत व्यक्त गर्नुभएको थियो ।
नेपालका लागी चीनका राजदुत छाङ म्याओमिङले कृत्रिम बौद्बिकताको विकासले मानविय चिन्तन प्रणालीमा व्यापक परिवर्तन ल्याएको धारणा व्यक्त गर्नुहुँदै कृत्रिम बौद्बिकताको दिगो प्रयोग र सम्भावित चूनौतीहरुको सामना गर्न चीन सरकारले अनुसन्धानमा लगानी बढाएको बताउनुभएको थियो । उहाँले उच्चशिक्षामा कृत्रिम बौद्बिकताले अवधारणात्मक परिवर्तन ल्याएको उल्लेख गर्नुहुँदै सवै मुलुकहरुले आपसी सहयोग र सहकार्य मार्फत प्रविधिको सकरात्मक र मानवउपयोगी प्रयोगमा जोड दिनुपर्ने दृष्टीकोण व्यक्त गर्नुभएको थियो ।