काठमाडौं, बैशाख १३
त्रिभुवन विश्वविद्यालयका उपकुलपति प्रा.डा दिपक अर्यायले शिक्षा र संस्कृतिको आदान /प्रदान मार्फत नेपाल र चीनको सम्वन्ध थप प्रगाढ बन्दै गइरहेको बताउनुभयो । त्रिभुवन विश्वविद्यालय कन्फ्युशियस ईन्ष्टिच्युट र नेपाल स्थित चिनिया राजदुतावासका साथै नेपालस्थित चीन सांस्कृतिक केन्द्र, काठमाडौँ विश्वविद्यालय कन्फ्युशियस इन्स्टिच्युट, एलआरआई कन्फ्युशियस कक्षा तथा चाइना साउदर्न एयरलाइन्सको सहआयोजनामा “चिनिया“ भाषाः रंगीन सपनाहरु उज्यालो बनाऔं” भन्ने नाराका साथ आयोजित सातौं अन्तराष्ट्रिय चिनिया भाषा दिवस समारोह अवसरका आयोजित कार्यक्रमलाई सम्वोधन गर्नुहुँदै उपकुलपति प्रा.डा अर्यालले उक्त धारणा व्यक्त गर्नुभएको हो ।
कार्यक्रममा उहाँले नेपालस्थित चिनिया राजदूतावास लगायत चिनिया विश्वविद्यालयहरूको त्रिभुवन विश्वविद्यालयसंग बैज्ञानिक अनुसन्धान, शैक्षिक तथा सांस्कृतिक सहकार्यप्रतिको निरन्तर प्रतिबद्धताको प्रशंसा गर्नुभयो । त्रिभुवन विश्वविद्यालयले ज्ञान प्रवाहसँगै विभिन्न संस्कृतिबीच बौद्धिक पुल निर्माण गर्ने जिम्मेवारी बोकेको उल्लेख गर्दै उहाँले चिनियाँ भाषा शिक्षासँग विश्वविद्यालयको सम्बन्ध सन् १९६१ देखि नै सुरु भएको स्मरण गराउनुभयो । त्रिभुवन विश्वविद्यालयमा कन्फ्युसियस इन्स्टिच्युट स्थापना भएपछि भाषा अध्ययन, सांस्कृतिक आदानप्रदान तथा शैक्षिक सहकार्य अझ व्यवस्थित रूपमा अघि बढेको बताउँदै हाल करिब ७०० विद्यार्थीले काठमाडौं उपत्यकादेखि पोखरासम्म फैलिएका १४ शिक्षण केन्द्रमार्फत चिनियाँ भाषा अध्ययन गरिरहेको समेत जानकारी दिनुभएको थियो। उहाँले भविष्यमा चिनियाँ भाषासहित अन्य अन्तर्राष्ट्रिय भाषामा स्नातक तहका कार्यक्रम सुरु गर्ने तथा चिनियाँ विश्वविद्यालयहरूसँग शैक्षिक आदानप्रदान र संयुक्त अनुसन्धानलाई थप सुदृढ बनाउने योजना रहेको र नेपाल–चीनबीचको दीर्घकालीन मैत्री सम्बन्ध शिक्षा र संस्कृतिमार्फत अझ सुदृढ बन्दै गएको उल्लेख गर्दै सेन्टर फर भाषा ईडुकेशन एण्ड कोअपरेशन, चिनिया राजदुतावास,ईष्ट चाईना युनिभर्सिटी अफ चाईना, छिङहाई मिन्चु युनिभर्सिटीप्रति आभार व्यक्त गर्नुभएको थियो ।
कार्यक्रमका प्रमुख अतिथि नेपालस्थित चिनिया“ राजदुतावासका राजदुत चाङ माउ मिङ्गले लामो समयदेखि नेपालमा चिनिया भाषा शिक्षामा समर्पित भई नेपाल चीन सांस्कृतिक आदान प्रदानलाई प्रगाढ बनाउने तथा सभ्यताहरुबीच पारस्परिक समझदारीलाई सुदृढ गर्ने सबै महानुभावहरुप्रति उच्च सम्मान व्यक्त गर्नुह“ुदै धन्यवाद ज्ञापन गर्नुभयो ।उहाँले चिनियाँ भाषाले दृढता, आत्मनिर्भरता र पूर्वीय ज्ञानको धरोहर बोकि खुलापन र सहिष्णुताको भावनाका साथ संसारलाई जोड्ने, समकालीन चीनलाई अनुभूत गर्न, सभ्यताबीच आदान–प्रदान बढाउन र सपना देख्नेहरूलाई आफ्नो लक्ष्य प्राप्त गर्न मार्गदर्शन गर्ने पुलको रूपमा काम गरिरहेको बताउनुभयो । सम्बोधनकै क्रममा उहाँले, चीन र नेपाल भौगोलिक रूपमा जोडिएका र ऐतिहासिक मित्रराष्ट्रहरूका बीच भाषा र सांस्कृतिक आदान–प्रदान सम्बन्धको सबैभन्दा न्यानो र दीर्घकालीन आधार हो भन्नुहुदै नेपालका कन्फ्युसियस इन्स्टिच्युटहरू, चीन सांस्कृतिक केन्द्र तथा करिब सय स्थानीय विद्यालयहरूले गुणस्तरीय चिनियाँ भाषा शिक्षा प्रदान गर्दैे शिक्षा, संस्कृति र जनस्तरको सम्बन्धलाई अझ सुदृढ बनाएको छ, भन्नुभयो ।

कार्यक्रममा त्रिवि कन्फयुसियस ईन्ष्टिच्युटका चिनिया“ संस्थापक विश्वविद्यालय, ईष्ट चाईना युनिभर्सिटी अफ टेक्नोलोजिका उपकुलपति तंग चुच्रिले चिनियाँ भाषा हजारौँ वर्ष पुरानो सभ्यताको अमूल्य सम्पदा भएको उल्लेख गर्दै यो केवल सञ्चारको माèयम मात्र नभई विभिन्न क्षेत्र र संस्कृतिलाई जोड्ने महत्वपूर्ण सेतु भएको बताउनुभयो । संयुक्त राष्ट्रसंघले परम्परागत चिनियाँ सौर्य ऋतु ग्रेन रेन लाई चिनियाँ भाषा दिवसको रूपमा मान्यता दिएको प्रसङ्ग उल्लेख गर्दै उहाँले चिनियाँ भाषा वसन्तको वर्षाझैँ विश्व सभ्यतालाई सिञ्चित गर्ने माèयम भएको धारणा व्यक्त गर्नुभयो । साथै, त्रिवि कन्फ्युशियस ईन्ष्टिच्युट स्थापना भएदेखि नै सांस्कृतिक आदानप्रदान र पारस्परिक सिकाइको उद्देश्यमा दृढ रहँदै नेपाल–चीनबीच भाषा शिक्षा सांस्कृतिक सहकार्यमा उल्लेखनीय योगदान दिएको बताउनुभयो । चिनियाँ भाषाले भौगोलिक दूरीलाई पार गर्दै विभिन्न जाति र संस्कृतिका मानिसहरूबीच आपसी समझदारी अभिवृद्धि गर्ने ‘आèयात्मिक सेतु’ का रूपमा काम गर्ने उल्लेख गर्दै उहाँले यसले भविष्यमा नेपाल–चीनबीचको मैत्री सम्बन्धलाई अझ मजबुत बनाउने विश्वास व्यक्त गर्नुभयो । छिङहाई जनजाति विश्वविद्यालयका उपकुलपति शियाओ युलानले कार्यक्रममा सम्बोधन गर्दै नैपालमा चिनियाँ भाषा शिक्षा प्रवद्र्धनमा संलग्न सबैप्रति आभार व्यक्त गर्नुभयो । उहाँले चिनियाँ भाषा हजारौँ वर्ष पुरानो सभ्यताको ज्ञान बोकेको महत्वपूर्ण सांस्कृतिक सम्पत्ति भएको उल्लेख गर्नुभयो । साथै, ‘बेल्ट एण्ड रोड इनिसिएटिभ ले अन्तर्राष्ट्रिय सहकार्य र जनस्तरको सम्बन्ध विस्तारमा नयाँ अवसर सिर्जना गरेको र यसले उच्च शिक्षालाई समेत नयाँ जिम्मेवारी दिएको बताउनुभयो ।
उहाँले चिनियाँ भाषाले संस्कृतिहरूलाई जोड्ने सेतु र भविष्य उज्यालो बनाउने माèयम भएको उल्लेख गर्दै यसले विद्यार्थीहरूलाई अन्तर्राष्ट्रिय दृष्टिकोण र अन्तरसंस्कृतिक क्षमता विकास गर्न मद्दत गर्ने बताउनुभयो । उहाँले त्रिवि कन्फुसियस ईन्ष्टिच्युटका संस्थापक चिनिया“ विश्वविद्यालयको नाताले आगामी दिनमा पनि सहकार्य, अनुसन्धान र शैक्षिक आदानप्रदानलाई अझ सुदृढ बनाउने प्रतिबद्धता व्यक्त गर्नुभयो ।
कार्यक्रम स्वागत मन्तव्य दिनेक्रममा त्रिवि कन्फयुसियस ईन्ष्टिच्युटका चिनिया“ पक्षका निर्देशक प्रा. चाङ शिननियनले त्रिवि कन्फयुसियस ईन्ष्टिच्युट “शून्य” बाट “अस्तित्व” सम्मको चार वर्षे यात्रा सफलतापूर्वक पूरा गरेको जनाउ“दै, यस छोटो अवधिमा त्रिभुवन विश्वविद्यालयमा चिनियाँ भाषा शिक्षालाई व्यापक बनाउँदै चीन–नेपाल मित्रताको इतिहासमा नयाँ आयाम थपेको उल्लेख गर्नुभयो ।
उहाले चिनियाँ भाषा अन्तर्राष्ट्रिय सम्पर्कको प्रभावकारी माध्याम बन्दै पर्यटन, व्यापार तथा शैक्षिक सहकार्यलाई सुदृढ बनाइरहेको उल्लेख गर्दै, चिनियाँ भाषा सिक्नु केवल भाषा ज्ञान प्राप्ति मात्र नभई नयाँ अवसर र सम्भावनाको ढोका खोल्ने माèयम भएको धारणा व्यक्त गर्नुभयो । साथै, त्रिवि कन्फयुसियस ईन्ष्टिच्युटले आगामी दिनमा “भाषा शिक्षा, संस्कृति प्रवद्र्धन र आदान–प्रदान” लाई अझ सशक्त बनाउने प्रतिबद्धता व्यक्त गर्दै “चिनियाँ भाषा विषय” कार्यक्रम विस्तार गर्ने, विविध सांस्कृतिक गतिविधिहरू सञ्चालन गर्ने तथा नेपाल चीन युवा पुस्ताबीच संवाद र सहकार्यका नयाँ अवसर सिर्जना गर्ने योजना रहेको बताउनुभयो ।त्रिभुवन विश्वविद्यालय कन्फ्युशियस इन्स्टिच्युटका नेपाली पक्षका निमित्त निर्देशक डा. बलराम दुवालले समारोहमा चिनियाँ भाषा शिक्षक तथा विद्यार्थीहरूको मनमोहक प्रस्तुतीले कार्यक्रमलाई अझ आकर्षक बनाएको उल्लेख गर्दै उहाँले उपस्थित सम्पूर्ण अतिथि, सहकर्मी, विद्यार्थीहरू, विभिन्न शैक्षिक तथा सांस्कृतिक संस्थाका प्रतिनिधि, सञ्चारकर्मीलाई धन्यवाद ज्ञापन गर्नुभयो ।उहाँले त्रिभुवन विश्वविद्यालय कन्फ्युशियस इन्स्टिच्युटले छोटो अवधिमै चिनियाँ भाषा शिक्षाको प्रवद्बन र नेपाल–चीन सांस्कृतिक आदान–प्रदानमा महत्वपूर्ण भूमिका निर्वाह गर्दै आएको उल्लेख गर्नुभएको थियो । कार्यक्रममा चिनिया तथा नैपाली गीत–संगीत, नृत्य, थाइ–ची, कविता वाचन, नाट्य प्रस्तुति तथा सुलेखन, कागज काट्ने कला र चिनियाँ चिया संस्कारजस्ता गतिविधिहरूमार्फत चिनियाँ भाषा र संस्कृतिको विविधता जीवन्त रूपमा प्रस्तुत गरिएको थियो ।