शिक्षाशास्त्र संकायको उदेश्य: समयसापेक्ष रुपान्तरण

शिक्षाशास्त्र संकायको उदेश्य: समयसापेक्ष रुपान्तरण

2026-03-22

काठमाडौं । चैत ८

त्रिभुवन विश्वविद्यालय शिक्षाशास्त्र सङ्कायको विद्यापरिषदको पूर्ण बैठकले मिति २०८१।११।३ देखि २०८२।१२।७ गतेसम्म विद्यापरिषद स्थायी समितिले गरेका विभिन्न निर्णयहरुको अनुमोदन गर्नुका साथै शिक्षाशास्त्र सङ्कायका विभिन्न नितिगत योजना र कार्यक्रमहरुको समेत समर्थन गरेको छ ।विद्यापरिषदको उक्त बैठकमा शिक्षाशास्त्र सङ्काय अन्तर्गतका शैक्षिक कार्यक्रमहरुको पाठयक्रम समयसापेक्ष बनाउने, बार्षिक प्रणालीलाई आवश्यक भौतिक पूर्वाधार र जनशक्तिको व्यवस्थापन गरी क्रमश सेमेष्टर प्रणालीमा लैजाने, शिक्षाशास्त्र सङ्कायको पूर्नसंरचना सम्वन्धमा प्रारम्भ गरीएको संवादलाई निरन्तरता दिने, पोष्ट ग्रयाजुएट डिप्लोमालाई समिक्षा गरी परिमार्जन गर्ने, शिक्षाशास्त्र अन्तर्गतका विभिन्न विषयहरुलाई थप सान्दर्भिक बनाउ राष्ट्रीय तथा अन्तराष्ट्रीय स्तरका सम्मेलन र कार्यशाला आयोजना गर्ने, अन्तराष्ट्रिय सम्मेलनमा सहभागी हुने पाँच (५) जना शिक्षकहरुलाई पारिश्रमिक उपलब्ध गराउने कार्यविधि निर्माण गर्ने लगायतका प्रस्तावहरु पारित भएका छन् ।

विद्यापरिषदको पूर्ण वैठक उदघाटन गर्नुहुँदै त्रिभुवन विश्वविद्यालयका शिक्षाध्यक्ष प्रा.डा खडग के.सीले शिक्षण पेशा सवैभन्दा सम्मानजनक र गर्विलो पेशा भएको भन्दै दक्षिण एसियाली देशहरुको सामाजिक/राजनितिक मूल्य प्रणाली साथै आर्थिक परिस्थितिका कारण हाद कम आकर्षित भएको, समग्र शिक्षण पेशा विकृत पुँजीवादको चपेटामा समेत परेको, शिक्षकको गरिमायुक्त परिचय भन्दा दलका निकट भातृसंगठनका सदस्यताको पहिचानमा गौरव ठान्ने कतिपय प्राध्यापकहरु नै कारण शिक्षणपेशाको प्रति नकरात्मकता हावी भएको धारणा व्यक्त गर्नुभएको थियो । उहाँले देशमा सक्षम युवा पलायन हुनु र रोजगारी सिर्जना नुहुनमा विश्वविद्यालय मात्रै जिम्मेवार नभएको, उच्चशिक्षाको गुणस्तर सुधारका लागि सरकारवाट प्राप्त स्रोत र साधन निकै कमभएको, देशको राजनीतिक परिवर्तनमा शिक्षालाई प्राथमिकतामा नराखिएको बताउनुभयो । शिक्षकहरु इमानदारिकतामा सम्झौता नगर्न, मूल्याङ्कन प्रणालीमा उच्च नैतिकता देखाउन अनुरोध गर्नुहुँदै त्रिविमा स्षष्ट दण्ड र पुरस्कारको व्यवस्था गर्ने, शिक्षकहरुलाई थप जिम्मेवार बनाउने प्रणालीको विकास गरिने दृष्टिकोण ब्यक्त गर्नुभएको थियो ।

शिक्षाशास्त्र सङ्कायका डिन प्रा.डा वेदराज आचार्यलले २०८१।११।३ देखि २०८२।१२।७ गतेसम्म विद्यापरिषद स्थायी समितिले गरेका विभिन्न निर्णयहरुको अनुमोदनका लागी प्रस्तुत गर्नुभएको थियो । बैठकका शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयका सहसचिव तथा प्रवक्ता शिव कुमार सापकोटाले शिक्षाशास्त्रमा क्षमतावान जनशक्ति कमजोर हुदै गएको आभाष भएको, शिक्षक सेवा आयोगक परिक्षामा अनुत्तिर्ण दर बढेको, शिक्षाशास्त्र संकायका अन्तगर्गतका विषयहरुको पाठ्यकसामाग्रि कमजोर भएको गुनासाहरु प्राप्त भएको विषयहरुलाई गम्भिरतापूर्वक लिन विश्वविद्यालय प्रशासनलाई अनुरोध गर्नुभएको थियो । कार्यक्रममा शिक्षा तथा मानव स्रोत केन्द्रका महानिर्देशक अणप्रसाद न्यौपाने, जिल्ला शिक्षा समन्वय एकाइ काठमाडौंका प्रमुख समन्तमणी आचार्य,पाठ्यक्रम विकास केन्द्रका कार्यकारी निर्देशक प्रा.डा रामकृष्ण तिवारी,त्रिवि परीक्षा नियन्त्रक प्रा.डा लक्ष्मण पौडेल, शिक्षाशास्त्र संकायका पूर्व डिन तथा अनुसन्धान आचरण समिक्षा वोर्डका अध्यक्ष प्रा.डा चित्र बहादुर वुढाथोकी, पशुपति बहुमुखी क्याम्पसका क्याम्पस प्रमुख विनोदचन्द पन्त ,अर्थशास्त्र विषय समितिका अध्यक्ष प्रा.डा सुर्य बहादुर थापा लगायतले शुभकामना मन्तव्य मार्फत शिक्षाशास्त्र संकायका पूनर्संरचना,पाठ्यकमको गुणस्तर, भौतिक पूर्वाधारको विकास, विद्यार्थीको आकर्षण लगायतका विषयमा महत्वपूर्ण सुझाव दिनुभएको थियो । विद्यापरिषदको पूर्ण बैठकमा शिक्षाशास्त्र सङ्काय डीनको कार्यालायवाट प्रकाशित अनुसन्धान जर्नल (Education Quarterly) को विमोचन समेत गरिएको थियो । पूर्वबैठक कार्यक्रमको संचालन शिक्षाशास्त्र सङ्कायका सहायक डीन डा. बुद्बराज खनिया र स्वागत मन्तव्य सहायक डीन डा. अबतार सुवेदिले राख्नुभएको थियो ।