मानविकी विद्यापरिषदको पूर्ण बैठक सम्पन्न

मानविकी विद्यापरिषदको पूर्ण बैठक सम्पन्न

2026-03-12

त्रिभुवन विश्वविद्यालय मानविकी तथा सामाजिक शास्त्र सङ्कायको विद्यापरिषदको पूर्ण बैठक सम्पन्न भएको छ ।बैठकमा विद्यापरिषदको स्थायी समितिले  २०८१ पुस ४ देखि २०८२ बैशाख ४ सम्म गरिएका २३ वटा विभिन्न पाठ्यक्रम परिमार्जन,क्याम्पस नविकरण, नयाँ शैक्षिक कार्यक्रम थप, क्याम्पसको नाम र ठेगाना परिवर्तन लगायतका नियमित र महोत्तरीको वर्दिवास स्थित नवक्षितिज कलेजको सम्वन्धन खारेजी, रत्नराज्यलक्ष्मी क्याम्पस प्रदर्शनीमार्गलाई आमसञ्चार तथा पत्रकारिता र सरस्वती क्याम्पस ठमेललाई राजनीतिशास्त्र विषयमा स्नातकोत्तर तहको अध्यापन अनुमति लगायतका निर्णयहरुको अनुमोदन गरेको छ । विद्यापरिषदको बैठकलाई सम्वोधन गर्नुहुँदै त्रिभुवन विश्वविद्यालयका रजिष्ट्रार प्रा.डा केदार प्रसाद रिजालले त्रिवि अन्तर्गतका सवै निकायहरुका प्रमुखहरुको सक्रियतामा पूर्वाधार निर्माण र मर्मतसंभार, कक्षाकोठामा आवश्यक उपयुक्त फर्निचर जडान, सरसफाई र आवश्यक शैक्षिक उपकरणहरु व्यवस्थापन तिव्ररुपमा गरिने बताउनुभयो । उहाँले नियतवश गरिएका व्यवधानहरुसँग विचलित नभई आ÷आफ्ना निकायहरुको क्षमता विस्ता र सवलिकरण साथै विषयहरुको आकर्षण बढाउने प्रयत्न गर्नुहुँदै अनुरोध गर्नुहुँदै संस्थागत सुशासनका लागी दवाफदेहिता बढाउदै सुधारात्मक कार्यहरुलाई प्राथमिकता दिनुपर्ने बताउनुभएको थियो । उहाँले आवश्यक शैक्षिक तथा विद्युतिय पूर्वाधार र शैक्षिक सामाग्रि तथा विधिको तय गरेर मात्रै अनलाइन कक्षा सञ्चालन गर्नुपर्ने धारणा समेत व्यक्त गर्नुभएको थियो ।

विद्यापरिषदको उक्त बैठकमा मानविकी तथा सामाजिकशास्त्र संकायका डीन प्रा.डा दुविनन्द ढकालले विभिन्न समयभएका विद्यापरिषद स्थायी समितिका वैठकहरुमा भएका विभिन्न निर्णयहरुको सारांश बताउनुभएको थियो । मानविकि तथा सामाजिक शास्त्र संकायलाई थप प्रभावकारी बनाउने प्रयत्नस्वरुप भएका क्रियाकलापहरुका बारेमा पूर्ण वैठकलाई जानकारी दिनुहुँदै सहायक डीन डा.बामदेव अधिकारीले आगामी बर्षदेखि संस्कृत विषयमा विद्यावारिधि उपाधि प्रदान गर्न लागिएको, आमसञ्चार तथा पत्रकारितामा रंगमन्च कार्यक्रम सञ्चालन गर्न लागिएको, एकसय दिनसम्ममा सवै परीक्षाका नतिजा प्रकाशित भएको, प्राध्यापक क्षमता अभिबृद्बि तालिम सफलताका साथ सञ्चालन गरिएको  बताउनुहँदै आर्थिक बर्ष २०८१।०८२ मा १५ विषयमा ४८ जनालाई विद्यावारिधि उपाधि प्रदान गरिएको,मानविकी तथा सामाजिशास्त्र अन्तर्गतका २६ बटा केन्द्रीय विभागहरुमा ५२३८ विद्यार्थी अध्ययनरत रहेको,१२५ क्याम्पसहरुमा सञ्चालित बिसिए कार्यक्रममा ४ हजार बिद्यार्थी भर्ना भएको, त्रिविका ३० वटा आंगिक क्याम्पस र ३२५ वटा क्याम्पसमा मानविकी तथा सामाजिक शास्त्र संकाय अन्तर्गतका कार्यक्रमहरु संचालन गरिएको जानकारी समेत दिनुभएको थियो ।

विद्यापरिषदको बैठकमा सामुदायिक क्याम्पसहरुको प्रतिनिधित्व गर्दै शहिदस्मारक कलेज कीर्तिपुरका क्याम्पस प्रमुख मिलनमान महर्जन, बिरेन्द्र बहुमुखी क्याम्पस भरतपुर,चितवनका क्याम्पस प्रमुख डा प्रेमसागर भण्डारी, पुस्तकालय तथा सूचना विज्ञान केन्द्रीय विभागका विभागिय प्रमुख डा. लीला न्याईंच्याईं लगायतले मानविकि तथा सामाजिकशास्त्र संकायको सुधार,विषयहरुको सान्दर्भिकता लगायतका विषयमा महत्वपूर्ण सुझाव दिनुभएको थियो ।