त्रिवि अन्तरराष्ट्रिय सम्वन्ध केन्द्रकाे कार्यकारी निर्देशक छनोट समितिको सूचना र फाराम

त्रिवि अन्तरराष्ट्रिय सम्वन्ध केन्द्रकाे कार्यकारी निर्देशक छनोट समितिको सूचना र फाराम

2025-08-17
Tribhuvan University

त्रिभुवन विश्वविद्यालय
त्रि.वि. सभा तथा कार्यकारी परिषद्को सचिवालय
कीर्तिपुर, काठमाडौँ

अन्तर्राष्ट्रिय सम्बन्ध केन्द्रको कार्यकारी निर्देशक छनोट समितिको सूचना
प्रकाशित मिति : २०८२/५/१
त्रिभुवन विश्वविद्यालय सङ्गठन तथा शैक्षिक प्रशासनसम्बन्धी नियम २०५० (२०८०।३।१२ सम्मको संशोधनसहित) को परिच्छेद ५०क नियम १८१क(२) साथै त्रिभुवन विश्वविद्यालय सावधिक पदमा नियुक्तिका आधार र मापदण्डसम्बन्धी विनियम, २०८१ को परिच्छेद ९ बमोजिम त्रिभुवन विश्वविद्यालयको अन्तर्राष्ट्रिय सम्बन्ध केन्द्रमा रिक्त कार्यकारी निर्देशक पदका लागि योग्य उम्मेदवारहरूले यो सूचना प्रकाशित भएको मितिले ७ (सात) दिनभित्र विनियम १८(२) मा व्यवस्था भएबमोजिमका आवश्यक कागजातहरू र आशयपत्रका साथै फाराम भरी निम्नलिखित इमेलका साथै हार्डकपी Hardcopy त्रि.वि. उपकुलपतिको कार्यालय, कीर्तिपुर (छनोट समिति)मा सिलबन्दी गरी बुझाउन सकिने बेहोराको जानकारीका लागि यो सूचना प्रकाशित गरिएको छ ।

क्र.सं.    निकाय                             आवेदन पेश गर्ने पद                       इमेल
१    त्रि.वि. अन्तर्राष्ट्रिय सम्बन्ध केन्द्र    कार्यकारी निर्देशक                   directorintselection@tu.edu.np

विस्तृत विवरणका लागि त्रिभुवन विश्वविद्यालय सावधिक पदमा नियुक्तिका आधार र मापदण्डसम्बन्धी विनियम, २०८१ र फाराम वेबसाइट tu.edu.np  बाट डाउनलोड गर्न सकिनेछ ।


Files

S.N Name Type Download
1 त्रिवि अन्तरराष्ट्रिय सम्वन्ध केन्द्रको कार्यकारी निर्देशकको फाराम docx