कानून सङ्कायको डीन पदको छनाेट समितिको सूचना र फाराम

कानून सङ्कायको डीन पदको छनाेट समितिको सूचना र फाराम

2025-08-17
Tribhuvan University

त्रिभुवन विश्वविद्यालय
त्रि.वि. सभा तथा कार्यकारी परिषद्को सचिवालय
कीर्तिपुर, काठमाडौँ

कानू्न सङ्कायको डीन पदको छनोट समितिको सूचना

प्रकाशित मिति : २०८2/५/१

त्रिभुवन विश्वविद्यालय सङ्गठन तथा शैक्षिक प्रशासनसम्बन्धी नियम २०५० (२०८०।३।१२ सम्मको संशोधनसहित) को परिच्छेद ४९ नियम १७५(२) साथै त्रिभुवन विश्वविद्यालय सावधिक पदमा नियुक्तिका आधार र मापदण्डसम्बन्धी विनियम, २०८१ को परिच्छेद २ बमोजिम त्रिभुवन विश्वविद्यालय कानून सङ्कायको रिक्त हुने डीन पदका लागि इच्छुक उम्मेदवारहरूले यो सूचना प्रकाशित भएको मितिले ७ (सात) दिनभित्र विनियम ४(२) मा व्यवस्था भएबमोजिमका आवश्यक कागजातका साथै आशयपत्र निम्नलिखित इमेलका साथै हार्डकपी Hardcopy त्रि.वि. उपकुलपतिको कार्यालय, कीर्तिपुर (छनोट समिति)मा सिलबन्दी गरी बुझाउन सकिने बेहोराको जानकारीका लागि यो सूचना प्रकाशित गरिएको छ । 

क्र.सं.                निकाय                       आवेदन पेश गर्ने पद                             इमेल
१                त्रि.वि. कानून सङ्काय                डीन                                        foldeanselection@tu.edu.np

विस्तृत विवरणका लागि त्रिभुवन विश्वविद्यालय सावधिक पदमा नियुक्तिका आधार र मापदण्डसम्बन्धी विनियम, २०८१ वेबसाइट tu.edu.np बाट डाउनलोड गर्न सकिनेछ ।


Files

S.N Name Type Download
1 त्रिभुवन विश्वविद्यालय सावधिक पदमा नियुक्तिका आधार र मापदण्डसम्बन्धी विनियम, २०८१ को परिच्छेद २ बमोजिम कानून सङ्कायको डीन पदका लागि फाराम docx