विश्वविद्यालयको संगठन तथा व्यवस्थापन सर्वेक्षण सम्वन्धमा

विश्वविद्यालयको संगठन तथा व्यवस्थापन सर्वेक्षण सम्वन्धमा

2025-05-02
Tribhuvan University

 

 

त्रिभुवन विश्वविद्यालय

संगठन तथा व्यवस्थापन सर्वेक्षण समिति

कीर्तीपुर, काठमाडौं

ईमेल  onm@tu.edu.np

सम्पर्क:९८५१२२३३५२/९८५६०३२७६१

मिति २०८२।०१।१९

सूचना

विश्वविद्यालयको संगठन तथा व्यवस्थापन सर्वेक्षण सम्वन्धमा

त्रिभुवन विश्वविद्यालय भिजन २०३० तथा TU Vision 2030 Strategic Priorities and action Steps for 2024-2028” मा उल्लेख भए बमोजिम त्रिभुवन विश्वविद्यालयको प्रशासनिक कार्यलाई आर्थिक रुपमा मितव्ययी, सूचना प्रविधि मैत्री तथा सेवा प्रवाहलाई प्रभावकारी बनाउन, विश्वविद्यालयका निकायहरुको पुनरावलोकन गरी पुनरसंरचना सहित उपयुक्त जनशक्ति व्यवस्थापन गर्न आवश्यक भएकोले त्रि।वि। कार्यकारी परिषदको मिति २०८१।११।१२ को बैठकको निर्णय अनुसार त्रिभुवन विश्वविद्यालय संगठन तथा व्यवस्थापन सर्वेक्षण समिति गठन गरिएको छ।

समितिले त्रि=वि= केन्द्रीय कार्यालय कीर्तिपुरमा कार्यालय स्थापना गरी काम शुरु गरिसकेको छ ।विश्वविद्यालयको सँगठनात्मक सुधारका लागि यहाँहरु लगायतका दक्ष÷विज्ञहरुको सुझाव महत्वपूर्ण हुने भएकोले विश्वविद्यालयका निकायहरुबाट समितिका लागि आवश्यक तथ्याँक विवरणहरु १५ दिनभित्र उपलव्ध गराइदिन इमेल मार्फत पत्र -समस्याको पहिचान पत्र -Diagnosis Paper ))  २०८२।०१।१५ मा पठाइसकिएको छ ।

साथै देहायका विषयमा सुझाव उपलव्ध गराइदिनुहुन सम्वन्धित सबैमा हार्दिक अनुरोध छ।

अपेक्षा गरिएका सुधारको क्षेत्र

विश्वविद्यालयको नीतिगत, प्रणालीगत, संगठन संरचना, जनशक्ति र प्रक्रिया र सूचना प्रविधिको उपयोग  ।

 

त्रिभुवन विश्वविद्यालय

संगठन तथा व्यवस्थापन सर्वेक्षण समिति