त्रिभुवन विश्वविद्यालय
उपकुलपतिको कार्यालय, योजना निर्देशनालय
त्रिविबाट सम्बन्धन प्राप्त तर सम्बन्धन नवीकरण नगरेका क्याम्पस/कलेजहरूको सूची
त्रिविबाट सम्बन्धन प्राप्त गरी हाल सञ्चालनमा रहेका क्याम्पस/कलेजहरूलाई गोरखापत्रमार्फत पटक पटक (मिति २०७९।०९।२० तथा २०७९।१२।२८) सम्बन्धन नवीकरण गर्नका लागि सूचित गरी नवीकरण नगरे किन सम्बन्धन खारेज नगर्ने ? भन्ने सूचना सम्प्रेषण गर्दा पनि सम्बन्धन नवीकरण नगरेका क्याम्पसहरुको सूची प्रकाशित गरिएको छ ।
त्रिवि सम्बन्धन समितिको निर्णय अनुसार नवीकरण नभएका उक्त क्याम्पसहरूलाई त्रिवि नियमानुसार कारवाही प्रक्रिया अगाडी बढाउने बेहोरा जानकारी गराइन्छ । (पुनश्च: यदि कुनै क्याम्पस नवीकरण प्रक्रियामा भएको भए यथासक्य आधिकारिक निस्सा प्रमाण सहित सम्बन्धित डीनको कार्यालयमा सम्पर्क गर्नुहुन समेत सूचित गरिन्छ ।)