सम्बन्धन प्रदत्त सामुदायिक क्याम्पसहरुलाई वर्गीकरणको प्रमाणपत्र लिन सम्पर्क राख्ने बारे सूचना

सम्बन्धन प्रदत्त सामुदायिक क्याम्पसहरुलाई वर्गीकरणको प्रमाणपत्र लिन सम्पर्क राख्ने बारे सूचना

2023-07-18
Tribhuvan University

त्रिभुवन विश्वविद्यालय
उपकुलपतिको कार्यालय
योजना निर्देशनालय 

सम्बन्धन प्रदत्त सामुदायिक क्याम्पसहरुलाई वर्गीकरणको प्रमाणपत्र लिन सम्पर्क राख्ने बारे सूचना

त्रि.वि. कार्यकारी परिषद्को मिति २०८०।२।१६ को निर्णयानुसार त्रि.वि.बाट सम्वन्धन प्रदत्त सामुदायिक क्याम्पसहरुलाई वर्गीकरणको प्रमाणपत्र दिने निर्णय भएकोले सो लिनको लागि निम्नानुसारको कागजातहरुको प्रतिलिपी संलग्न गरि मिति २०८० चैत्र मसान्तसम्म यस निर्देशनालयमा निवेदन पेश गर्न सूचित गरिन्छ । (१) क्याम्पसको निवेदन (२) रु. १,००० बुझाएको अनलाइन रसिद (३) त्रि.वि.बाट स्वीकृत विधानको फोटोकपी (४) शैक्षिक कार्यक्रम नवीकरण पत्र । (५) Validity कायम भएको अक्षयकोष 

क्याम्पसको विधानमा निम्नानुसार हुनुपर्ने छ : 
(१) मुनाफाको उद्देश्य नराखि समुदायबाट सञ्चालित क्याम्पसको रुपमा स्थापना भएको ।
(२) क्याम्पस सभा गठन भएको ।
(३) क्याम्पस सभाबाट सञ्चालक समिति गठन हुने ।
(४) क्याम्पस बन्द गर्नुपर्दा चल अचल सम्पत्ती नेपाल सरकार वा त्रि.वि.को हुने प्रावधान ।