त्रिभुवन विश्वविद्यालय
उपकुलपतिको कार्यालय
योजना निर्देशनालय
पूर्ण रुपले एक आपसमा गाभिई समायोजन (Merge ) हुन चाहने
सम्बन्धन प्रदत्त क्याम्पसहरुलाई अत्यन्त जरुरी सूचना
नवीकरण अद्यावधिक भएका त्रि.वि.वाट सम्वन्धन प्रदत्त दुई वा दुईभन्दा बढि क्याम्पसहरु पूर्ण रुपले एक आपसमा गाभिई समायोजन (Merge ) हुन चाहेमा ती क्याम्पसहरुले आफ्नो क्याम्पस सभा वा सञ्चालक समितिबाट समायोजन हुने निर्णय गराई २०८० असोज मसान्तसम्म योजना निर्देशनालयमा निवेदन पेश गर्न सम्बन्धित सबै इच्छुक क्याम्पसहरुलाई सूचित गरिन्छ । समायोजन वापत कुनै शुल्क लाग्ने छैन । निवेदनसाथ निम्न कागजातहरुको प्रतिलिपी पेश गर्नुपर्ने छ । (१) दुबै क्याम्पसको बेग्लाबेग्लै निवेदन (२) मर्ज गर्नुपर्ने औचित्य खुलेको र समाहित हुने क्याम्पस खारेज गर्ने समितिको निर्णय (सामुदायिक क्याम्पसको हकमा क्याम्पस सभाको निर्णय) (३) सम्बन्धन पत्रहरु (४) नवीकरण पत्रहरु (५) अक्षयकोषको रसिद