त्रिभुवन विश्वविद्यालयका उपकुलपति प्रा.डा दिपक अर्यालले धनकुटा बहमुखी क्याम्पसमा शैक्षिक तथा प्रशासनिक प्रयोजनका लागि निर्मित एक अत्याधुनिक बहुतले भवनको उदघाटन गर्नुभएको छ । ब्राइटबुल निर्माण सेवा कम्पनी धरानले रु ५ करोड ८२ लाख ३१ हजार ५८७.३६ मा उक्त भवनको निर्माण सम्पन्न गरेको हो । भवन उदघाटन समरोहलाई सम्बोधन गर्नुहुँदै उपकुलपति प्रा.डा दिपक अर्यालले नवनिर्मित भवन को अधिकतम उपयोग गरी क्याम्पसको शैक्षिक गतिविधिलाई व्यवस्थित र प्रभावकारी बनाउन अनुरोध गर्नुभएको थियो । उहाँले पूर्वको निकै महत्वपूर्ण मानिएको धनकुटा बहुमुखी क्याम्पसको भौतिक,शैक्षिक अवस्थाको समग्र अवलोकन गरी क्याम्पसको समग्र विकासमा केन्द्रित हुन सवै सरोकार पक्षलाई अनुरोध गर्नुभएको थियो ।
कार्यक्रममा धनकुटा बहुमुखी क्याम्पसका क्याम्पस प्रमुख सह.प्रा होम बहादुर बस्नेतले नवनिर्मित भवनको लागतका साथै क्याम्पसको शैक्षिक तथा प्रशासनिक अवस्थाको बारेमा जानकारी गराउँनुभएको थियो । कार्यक्रममा पूर्व-सांसद तथा क्याम्पस व्यवस्थापन समितिका सदस्य एवम् अनुगमन समिति संयोजक गोपाल गुरागाईं, त्रि.वि. संगठन तथा व्यवस्थापन सर्वेक्षण समितिका संयोजक लक्ष्मण अर्याल सदस्य द्वय प्रा.डा. भोजराज अर्याल, सुर्य अधिकारी साथै उपकुलपति कार्यालयका शाखा अधिकृत राजमान महर्जन र छलिसरा पाडे मगरको लगायतको उपस्थिति रहेको थियो ।