समावेशी शिक्षामा अन्तर्राष्ट्रिय सम्मेलन

समावेशी शिक्षामा अन्तर्राष्ट्रिय सम्मेलन

2024-12-08

त्रिभुवन विश्वविद्यालय शिक्षाशास्त्र संकाय डीनको कार्यालयको आयोजनामा “समावेशी शिक्षाको अवधारणा र अभ्यासः समावेशी शिक्षाको मुद्दाहरु, सिकाईहरु र भविष्य ”को शीर्षकको अन्तर्राष्ट्रिय सम्मेलन मिति २०८१ मंसिर २३ देखि २४ सम्म काठमाडौमा आयोजना गरेको छ  । 
समावेशी शिक्षा सम्वन्धमा आयोजित अन्तर्राष्ट्रिय सम्मेलनमा समावेशी शिक्षाको पाठ्यक्रम, शैक्षिकमुद्दा, प्रस्तुतीकरण, कक्षा व्यवस्थापन र विद्यार्थीहरुको संलग्नता, विविधता व्यवस्थापन, सामाजिक न्याय, उच्चशिक्षामा अवसर, प्रविधिको प्रयोग र अवसर, विद्यार्थीहरुको सहयोग प्रणालीको निर्माण, अनुसन्धानमुलक समावेशी शिक्षाको प्रयोग, दिगो अवसर लगायत अपाङ्गता र अशक्त भएको बालवालिकहरुको शिक्षामा समग्र रुपान्तरणका विषयमा नर्वे,भारत, पाकिस्तान, वंगलादेश र नेपालका सहभागीहरु विच नीतिगत विचार विमर्श भयो । 
अन्तर्राष्ट्रिय सम्मेलनको उद्घाटन गर्नुहुँदै त्रिभुवन विश्वविद्यालयका उपकुलपति प्रा.डा केशरजंग बरालले नेपालमा समावेशी र विशेष आवश्यकता शिक्षामा उपयुक्त नीतिहरु निर्माण गरी सवैतहका शैक्षिक निकायहरुमा कार्यान्वयन गर्नुपर्ने आवश्यकता रहेको,शिक्षाको अवसरबाट सवै बर्ग,क्षेत्र र अवस्थाका बालवच्चाहरुले अध्ययन गर्न पाउनुपर्ने बताउनु भयो । नेपालजस्तो विशेष र विविधतापूर्ण देशहरुमा समावेशी शिक्षामा देखिएका चुनौतीहरुलाई समुदायस्तरमा अभ्यस्त गरी सवैको सहकार्यमा कार्यान्वयन गर्नुपर्ने धारणा व्यक्त गर्नुभएको थियो । उपकुलपति बरालले त्रिभुवन विश्वविद्यालय विश्वका महत्वपूर्ण विश्वविद्यालयहरुसँग सहकार्य गरी समावेशी शिक्षाको पूर्णकार्यान्वयन गर्न प्रतिवद्ध रहेको बताउनुभयो । समावेशी र विशेष आवश्यकता शिक्षामा लामो समयदेखि प्राध्यापनरत प्रा.डा. बासुदेव काफ्लेले समावेशी शिक्षाले सबैप्रकारका शारिरिक एवम् मानसिक अवस्थाका वालवच्चाहरुको  सम्मानपूर्वक वाच्न पाउने सामाजिक न्यायको अधिकारको संरक्षण गर्ने र समाजलाई थप व्यवस्थित र जिम्मेवार बनाउने धारणा व्यक्त गर्नुभयो ।  उहाँले अन्तर्राष्ट्रिय सम्मेलन आयोजना गर्ने सहयोग गर्ने नोरेड प्राजेक्ट, ओस्लोमट विश्वविद्यालय, क्याम्व्रिज विश्वविद्यालय,इनल्याण्ड नर्वे विश्वविद्यालय लगायतका उच्चशिक्षाका महत्वपूर्ण संस्थाहरुलाई विशेष धन्यवाद व्यक्त गर्नुभएको थियो ।
नेपाल स्थित नर्वेजियन राजदुतावासको कसुन्लर क्रिष्ट्रिना स्टोहोल्टले  नेपालसरकार लगायत महत्वपूर्ण नियामक निकायहरुले समावेशी शिक्षाको अत्यन्तै महत्वपूर्ण आवश्यकतालाई गम्भिरतापूर्वक लिई कानुनी संरचनामा व्यापक सुधार गरी कार्यान्वयन गर्नुपर्ने र नेपाल जस्तो मुलुकहरुलाई अनुभवी राष्ट्रिय तथा अन्तराष्ट्रिय संघ संस्थाहरुले सहयोग गर्नुपर्ने विचार व्यक्त गर्नुभएको थियो । नेपालमा प्रक्रियागत, नीतिगत समस्या, अभाव र गरिवी, अशिक्षा, वन्चितिकरण,सामाजिक संस्कृति लगातका विभिन्न कारणले सवैले समान शिक्षा प्राप्त गर्न नसकेको सन्र्दभमा नीतिगत रुपमा सवैले एकजुट भई काम गर्नुपर्ने धारणा व्यक्त गर्नुभयो । ओस्लोमेट विश्वविद्यालयका डा. हायर हायरस्टडले  नेपाल सरकार तथा उच्चशिक्षा प्रदायक निकायहरुले समावेशी शिक्षाको आवश्यकतालाई क्रमशः महत्व दिदै आइरहेको र समावेशी शिक्षाको कार्यान्वयनको लागि उपयुक्त वातावरण निर्माण हुँदै गइरहेको विषयले आफूहरुलाई थप उत्साहित बनाइरहेको धारणा व्यक्त गर्नुभएको थियो । अवसर आफै र आफ्नै परिवेशमा निर्माण गर्नुपर्ने भन्दै उहाँले नेपालका विभिन्न निकायहरुसँग ओस्लोमेट विश्वविद्यालयले सहकार्य गरिरहेको धारणा व्यक्त गर्नुभएको थियो । 
नर्वेस्थित इनल्याण्ड नर्वे विश्वविद्यालयका सहायक डीन डा.सुसान नेसइले विशेष अवस्थामा रहेको बालवालिकाहरुको अभिव्यक्त गर्ने, सिक्ने, आफुलाई प्रमाणित गर्ने, समाज र परिवारका विभिन्न शैक्षिक कार्यहरुमा संलग्न हुनपाउने अधिकारको प्रत्याभूति हुनुपर्ने, सरकार र समाजका विभिन्न संघसंस्थाहरुले विशेष अवस्थाका विद्यार्थीहरुलाई निर्भयका साथ कक्षाकोठामा जाने र अध्ययन गर्नपाउने अवस्थाको निर्माणका लागि सहकार्य गर्नुपर्ने बताउनुभयो । 
शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयका सहसचिव डा.बैकुण्ठ अर्यालले सवैले पढन पाउने अधिकार, सवैका सिमिततावाट उठने अवसर, सवैलाई विभेदरहीत अवसर, जिवन जिउने,जान्ने र सिक्ने अधिकारी, गुणस्तरीय शिक्षाका लागि विश्वका अनुभवी र अनुसन्धानमा पोख्त विश्वविद्यालयहरुसँगको सहकार्य अनिवार्य,हामिले समावेशी शिक्षामा नीतिगत सुधार गरेका छौ, सामाजिक न्यायको प्रत्याभूती गर्ने जर्मर्को गरिरहेको बताउनुभयो । उहाँले लैंगिक विभेद, सामाजिक बन्चितिकरणबाट उक्त गर्द शैक्षिक विधि र पाठ्यक्रममा समेत व्यापक सुधार गर्नुपर्ने आवश्यकता रहेको र सवै निकायहरुको सहकार्य, समन्वयबाट शिक्षकहरुलाई समेत तालिमहरु उपलब्ध गराई समावेशी शिक्षामा व्यापक सुधार गर्न सकिने बताउनुभएको थियो ।