केन्द्रीकृत विद्युतिय हाजिरीको सम्वन्धमा समझदारी

केन्द्रीकृत विद्युतिय हाजिरीको सम्वन्धमा समझदारी

2023-05-21


त्रिभुवन विश्वविद्यालय र नेपाल सरकार सूचना प्रविधि विभाग विच त्रिविका आन्तरिक कार्य प्रणाली र सेवा प्रवाहलाई विद्युतीय सेवाको रुपमा प्रदान गराउने उद्देश्यले केन्द्रीकृत विद्युतिय हाजिरी प्रणाली प्रयोगमा ल्याउने सम्वन्धको समझदारी पत्रमा हस्ताक्षर भएको छ । 
त्रिभुवन विश्वविद्यालयका तर्फवाट कर्मचारी प्रशासन महाशाखा प्रमुख भिम बहादुर श्रेष्ठ र सुचना प्रविधि विभागका तर्फवाट महानिर्देशक प्रेमशरण श्रेष्ठद्धारा हस्ताक्षर गरिएको समझादारी पत्रमा प्रथम पक्षको रुपमा सूचना प्रविधि विभागले दोस्रो पक्षको रुपमा त्रिभुवन विश्वविद्यालयलाई र्सोस कोड सहित केन्द्रीकृति विद्युतिय हाजिरी प्रणाली उपलब्ध गराउने, उक्त सफ्टवेयरलाई त्रिविले होस्टिङ गर्ने, सफ्टवेयरको समयानुकुल परिमार्जन,सेक्युरिटी मोनिटरिङ तथा सर्पोटको दायित्व त्रिविको रहने, उक्त सफ्टवेयरको कार्यान्वयन त्रिविले गर्ने र त्रिवि अन्तर्गतका निकायहरुमा सफट्वेयरहरु सञ्चालनका लागी आवश्यक पर्ने हार्डवेयर तथा उपकरणहरुको व्यवस्था त्रिविले नै गर्नुपर्ने, त्रिविमा कार्यरत मानव संशाधनलाई आवश्यकता अनुसार तालिम व्यवस्था गर्दा लाग्ने शुल्कको दायित्वले स्वय वेर्होनुपर्ने, त्रिविले सूचना प्रविधि विभागलाई कार्यप्रगती विवरण उपलब्ध गराउनु पर्ने र आवश्यक सूचना प्रणालीको विकास,विस्तार र अनुन्धानमा विश्वविद्यालयले सहयोग र सहकार्य गर्ने विषयहरु उल्लेख गरिएको छ । समझदारी पत्रमा हस्ताक्षर कार्यक्रममा त्रिविका तर्फवाट उपप्राध्यापक रोमकान्त पाण्डे र सूचना प्रविधि विभागका तर्फवाट शिवजी कुमार गुप्ता रौनियार साक्षिको रुपमा उपस्थिति हुनुभएको थियो ।