त्रिभुवन विश्वविद्यालय बौद्ध अध्ययन केन्द्रीय विभागले २५६७ औं बुुद्धजयन्ती तथा वैशाखपूर्णिमाको अवसरमा २०८० वैशाख २० गते कीर्तिपुर स्थित आर्थिक विकास तथा प्रशासन अनुसन्धान केन्द्र (सेडा) मा संस्कृति,पर्यटन तथा नागरिक उडड्यन मन्त्री सुदन किरातीको प्रमुख आतिथ्यतामा बुद्ध जयन्ती समरोहको आयोजना गरेको थियो ।
बुद्ध जयन्ती समारोहको उद्घाटन गर्नुहुँदै संस्कृति पर्यटन तथा नागरिक उडड्यन मन्त्री सुदन किरातीले मोहत्याग,धैर्यता र निरन्तरताले सिदार्थ गौतमलाई बुद्ध बनाएकोले बुद्धलाई भगवानको रुपमा पुजा गर्ने मात्र नभई उहाँले ज्ञान र मार्गदर्शनलाई अनुसरण गर्ने प्रेरणा सवैलाई मिल्न सकने समाज छिट्टै वदलिने बताउनुभयो । बुद्ध समाजका अगुवा भएको र बुद्धको ज्ञानको सान्र्दभिकता दिनप्रतिदिन वढ्दै गइरहेको महशुस हुन थालेको भन्दै बुद्धले अपनाउनुुभएको मध्यममार्गवाट मात्रै गन्तव्यमा पुग्न सकिने धारणा व्यक्त गर्नुृभएको थियो । त्रिभुवन विश्वविद्यालयका शिक्षाध्यक्ष प्रा.डा शिवलाल भुसालले बुद्धले ज्ञान र विज्ञानलाई जोडेर विवेकलाई विशेष जोड दिनुभएको र उहाँले मानवजातिको समग्र कल्याण र उत्थानलाई आफुलाई केन्द्रीत गर्नुभएको बताउनुभयो । आत्मज्ञान र नैतिकता वारेमा बुद्धवाट सवैले शिक्षा लिनुपर्ने र बुद्धको जन्मभुमि हुनुको नाताले पनि हामीले विश्वलाई शान्तिको महत्वका वारेमा अवगत गराइरहनुपर्ने उहाँको धारणा रहेको थियो । बुद्ध जयन्तीका अवसरमा वौद्ध अध्ययन केन्द्रीय विभागलाई जयन्ती समारोह भन्दा चिन्तन र अध्ययन गोष्ठीहरु राखी बुद्धको विचार र मान्यताहरुका वारेमा समाजलाई जानकारी गराउने र प्राज्ञिक अनुसन्धान गर्न सुझाव दिनुभएको थियो । त्रिभुवन विश्वविद्यालय वहुविधागत विश्वविद्यालय भएको र राज्यको थोरै सहयोगवाट विभागहरुलाई थप शसक्त बनाउन सकिन्छ भन्दै सरकारले नयाँ विश्वविद्यालय निर्माण गर्नेभन्दा भएको विश्वविद्यालय र केन्द्रीय विभागहरुमा आवश्यक स्रोत र जनशक्ति व्यवस्थापन गरी प्रभावकारी बनाउन लाग्नुपर्ने बताउनुभएको थियो ।
मानविकी तथा सामाजिकशास्त्र संकायका डीन प्रा.डा कुशुम शाक्यले बौद्ध अध्ययन केन्द्रीय विभागलाई कीर्तिपुर परिसरमा योगध्यान गर्ने एउटा सभाकक्ष बनाउन पहलकदमी लिन अनुुरोध गर्नुभयो । बौद्ध अध्ययन केन्द्रीय विभाग र द्धन्द्ध,शान्ति तथा विकास अध्ययन विभागहरु विच आपसी सहकार्य गरी बुद्धका सन्देशहरुलाई कार्यान्वयन गर्ने अवस्थाको निर्माण गर्न विश्वविद्यालहरुले नेतृत्व गर्नुपर्ने धारणा व्यक्त गर्नुभएको थियो । बौद्ध अध्ययन केन्द्रीय विभागका प्रमुख डा. चन्द्रकला घिमिरेले बौद्ध दर्शनको वारेमा जानकारी गराउने उद्देश्यले कार्यक्रम आयोजना गरिएको, बुद्धद्धारा आर्जित शिक्षालाई जन÷जनमा लैजान आवश्यक रहेको,दुखको जन्जालवाट मुक्ति दिलाउन सवैभन्दा उत्तम मार्ग बुद्ध दर्शन रहेको र समाजमा विद्यमान द्धन्द्धलाई समाधान गर्न बौद्ध अध्ययन बहुआयामिक विषय बनेको बताउनु भएको थियो । दैनिक जिवन र समाजलाई क्षतिहुन बाट कसरी बचाउने भन्ने विषय वुद्धका ज्ञानमा पाइने हुनाले चेतनायुक्त समाज निर्माण गर्न प्राज्ञिक वर्गहरुमा मनन,श्रवण र चिन्तनमो विकास होस र जगतका सवै आत्माहरुलाई माया गरी मूल्यवान जिवन जिउन सकौ भनी सवैलाई शुभकामना दिनुभएको थियो । कार्यक्रममा वुुद्धका ज्ञानका वारेमा बौद्धअध्ययन केन्द्रीय विभागका शिक्षिका डा. प्रशन्नावती, वौद्ध अध्ययन केन्द्रीय विभागका शिक्ष्ँक जनकस्तरविर, बौद्ध दर्शनका अध्येता वौद्धगुरु पैयारत्नमहास्तविर लगायत प्रवचन दिनुभएको थियो भने विश्वविद्यालय क्याम्पसक प्रिन्सिपल प्रा.डा ध्यानेन्द्र बहादुर राई, कीर्तिपुर नगरपालिकाका उपपेयर शुभलक्ष्मी शाक्य, कर्मचारी संघ केन्द्रीय समितिका अध्यक्ष छत्रबहादुर कार्की, विश्वविद्यालय क्याम्पस कीर्तिपुरका स्ववियु सभापति श्यामराज ओझा लगायतकाले २५६७ बुद्ध जयन्तीको अवसरमा शुभकामना व्यक्त गर्नुभएको थियो ।