त्रिभुवन विश्वविद्यालय महेन्द्र बहुमुखी क्याम्पस, दाङको रिक्त क्याम्पस प्रमुख पदमा नियुक्तिका लागि गठित छनौट तथा सिफारिश समितिको अत्यन्त जरुरी सूचना
प्रकाशित मिति २०८१/१०/२२
त्रिभुवन विश्वविद्यालय संगठन तथा शैक्षिक प्रशासन सम्बन्धी नियम, २०५० (२०८०/३/१२ सम्मको संशोधन सहित) को परिच्छेद ५२ को नियम १८५(२) बमोजिम त्रि.वि.महेन्द्र बहुमुखी क्याम्पस, दाङको रिक्त क्याम्पस प्रमुख पदमा नियुक्ति प्रक्रियाका लागि विनियम ३९(५) ख बमोजिम आवेदन दिने उम्मेदवारमध्ये देहायका उम्मेदवारहरुको वर्णानुक्रम अनुसारको अल्पसूची सबैको जानकारीको लागि प्रकाशित गरिएको छ ।
क्र.सं उम्मेदवारको नाम वर्णानुक्रम अनुसार
१ सहप्रा.किशोर पोख्रेल
२ उपप्रा.तीर्थराज न्यौपाने
३ उपप्रा.डा.नारायण पन्थी
४ उपप्रा.पुष्कर खड्का
५ उपप्रा.सुदर्शन रिजाल
उपर्युक्त वर्णानुक्रम अनुसार सूचीकृत अल्पसूचीमा परेका उम्मेदवारहरुको कार्ययोजना प्रस्तुति तथा अन्तर्वार्ता यही मिति २०८१/१०/२५ गते शुक्रबारका दिन बिहानको ८ ०० बजेदेखि त्रि.वि.शिक्षाध्यक्षको कार्यालय, कीर्तिपुरमा संचालन हुने समेत सम्बन्धित सबैमा जानकारीको लागि यो सूचना प्रकाशित गरिएको छ ।