• Call Us
  • Email
  • Calendar

त्रिभुवन विश्वविद्यालयको अठ्चालीसौंं दीक्षान्त समारोह–२०७९ सम्पन्न:-

त्रिभुवन विश्वविद्यालयको अठ्चालीसौंं दीक्षान्त समारोह–२०७९ सम्पन्न:-

2023-01-25

त्रिभुवन विश्वविद्यालयको अठ्चालीसौं दीक्षान्त समारोह–२०७९ प्रधानमन्त्री तथा त्रिविका कुलपति शेरवहादुर देउवाको अध्यक्षतामा पंजाव केन्द्रीय विश्वविद्यालयका उपकुलपति प्रा राघवेन्द्र पी. तिवारी को प्रमुख आतिथ्यतामा पुल्चोक स्थित इन्जिनियरिङ्ग अध्ययन संस्थानको खेल मैदानमा सम्पन्न भएको छ ।

दीक्षान्त समारोहमा २०७८ असार १ देखि २०७९ जेठ ३१ सम्म ट्रान्सकृप्ट लिई ६० औं ग्रेस लिष्टमा समावेश भएका ६३ हजार १ सय ३७ विद्यार्थीहरु मध्ये १० हजार २ सय विद्यार्थीहरु उपस्थित भएका थिए । अठ्चालिसांै दीक्षान्त समरोहलाई सम्बोधन गर्नुहुँदै प्रधानमन्त्री तथा कुलपति देउवाले विभिन्न सीमा र अवरोधहरुका बावजुद त्रिविले बर्षेनी अन्र्तराष्ट्रिय स्तरमा प्रतिस्पर्धा गर्नसक्ने हजारौं जनशक्ति उत्पादन गरेर नेपालको शिर उच्च बनाउने काम गरेको बताउनुभएको थियो । त्रिवि अन्तर्गतका चिकित्साशास्त्र, इन्जिनियरिङ्ग, भौतिक विज्ञान र व्यवस्थापन लगायतका विषयका कलेजहरु दक्षिण एशियाकै उत्कृष्ट शैक्षिक प्रतिष्ठानका रुपमा प्रसिद्ध रहको उल्लेख गर्नुहुँदै शैक्षिक प्रतिष्ठानहरुको गुणस्तरलाई समयको पदचापसँगै थप उच्च बनाउदै उत्कृष्टताको केन्द्रको रुपमा विकास गर्न आवश्यक रहेको धारणा समेत व्यक्त गर्नुभएको थियो । विश्वविद्यालयको संख्यात्मक बृद्धिमा सन्तुलन राख्दै गुणस्तरीय जनशक्ति उत्पादन गर्ने कार्यमा आफ्नो प्रयास र साधनस्रोत केन्द्रीत गर्न आवश्यक रहेको साथै शिक्षा व्यक्तिको जीवन, राष्ट्रको उन्नती र समग्र समाजको सकरात्मक परिवर्तनका लागि हुनुपर्ने र शिक्षाप्राप्त गर्ने अवसर सबैलाई समान र सहज रुपमा सुनिश्चित हुनुपर्ने उहाँको दृष्टिकोण रहेको थियो ।

विश्वविद्यालयको शिक्षा केवल औपचारिक र सैद्धान्तिक मात्र नभएर व्यवहारीक, जीवनउपयोगी, समाजको विकास र रुपान्तरणमा सहयोगी हुनुपर्ने र मुलुकको लोकतान्त्रिक प्रणालीलाई सवल र सृदृढ बनाउदै अर्थतन्त्रलाई तीव्र रुपान्तरण गर्न सिर्जनात्मक,नवप्रवर्तनशील र युग सुहाउँदो वैज्ञानिक एवम् प्राविधिक ज्ञानले सुसज्जित हुनुपर्ने भन्दै प्रधानमन्त्री तथा कुलपति देउवाले विश्वविद्यालय शिक्षालाई अनुसन्धान र नवप्रवर्तनसँग जोडन आवश्यक रहेको साथै स्वरोजगार, व्यवसायीक र उद्यमशिल बनाउन र समाजका विभिन्न क्षेत्रमा नेतृत्वदायी भूूमिका निर्वाह गर्ने गुणस्तरीय जनशक्ति जन्माउन सक्ने शैक्षिक केन्द्र बन्नुपर्नेमा जोड दिर्नुभएको थियो । बर्षेनी उच्चशिक्षा अध्ययनका नाममा नेपालबाट ठूलो संख्यामा विदेश जाने विद्यार्थीहरुलाई स्वदेशमै उनीहरुले चाहेजस्तै विषयवस्तुको गुणस्तरीय पाठ्यक्रम लागु गरी अध्ययन अध्यापन गराउन सके यसबाट शैक्षिक अध्ययनको क्रममा विदेशिने वैदेशिक मुद्रालाई रोक्न सघाउ पुग्नुका साथै स्वदेशमै विभिन्न विधामा जनशक्ति उत्पाद भई आर्थिक सामाजिक विकासमा समेत फाइदा हुने बताउनुभएको थियो ।

दीक्षान्त समरोहलाई सम्वोधन गर्नुहुँदै शिक्षा विज्ञान तथा प्रविधिमन्त्री एवम् सहकुलपति देवेन्द्र पौडेलले उच्चशिक्षाको नेतृत्वमार्फत विकासमा प्रशंसनीय भूमिका निर्वाह गरेको त्रिभुवन विश्वविद्यालयले प्रदान गर्ने उच्च शिक्षालाई समय सापेक्ष,बजारमुखी र विश्वबजारमा प्रतिस्पर्धी बनाउन उचित र समयसापेक्ष सुधारहरु गर्नुपर्ने आवश्यक महशुस भएको बताउनुभयो । त्रिविले सेमेष्टर प्रणाली लागु गरी बजारको माग र अर्थतन्त्रका प्राथमिकताप्राप्त विषयहरु पठन पाठन गर्ने,वैज्ञानिक र सूचनाप्रविधिसँग सम्बन्धित कार्यक्रमहरु थप गर्ने, दुर शिक्षा, क्रेडिट ट्रान्सफरको व्यवस्था र उच्चशिक्षाको विषय र क्षेत्रलाई विविधिकरण लगायतका नवीनतम सोचलाई कार्यान्वयन गरेकै कारण विद्यार्थीहरुको आकर्षण वढ्दै गइरहेको उल्लेख गर्नुभएको थियो । त्रिविलाई राष्ट्रको इतिहास र संस्कृतिसँग सम्बन्धित विषयवस्तुलाई जोगाई राख्ने दायित्व पनि रहेको र नेपालको आर्थिक सामाजिक रुपान्तरणमा महत्वपूर्ण भूमिकामा रहेको यस विश्वविद्यालयलाई मुलुकको उत्कृष्ट प्राज्ञिक केन्द्र बनाउने सरकारको योजना र कार्यक्रम अनुसार अघि वढन सुझाव दिनुभएको थियो । विद्यार्थीहरुले विश्वविद्यालयको औपचारिक संरचनाबाट मात्रै नभएर आफ्नौ सक्रियता, जिज्ञासा, अनुभव र अनुसन्धानबाट सिक्ने समय रहेको भन्दै उहाँले दीक्षित विद्यार्थीहरुलाई आफुले आर्जन गरेको ज्ञान र सीपलाई मानव जीवनका हरेक पक्षको अवलोकन, अध्ययन र प्रतिबिम्वन गरी विश्वशान्ति, सदाचार र सहिष्णुता जस्ता मानवीय गुणहरु विकसित गर्न मार्गदर्शन गर्नुभएको थियो ।

अठ्चालीसौं दीक्षान्त समरोहका प्रमुख अतिथि पंजाव केन्द्रीय विश्वविद्यालयका उपकुलपति प्रा. राघवेन्द्र पी.तिवारीले शिक्षाको मानवीय चेतनाको विकास र प्रेरणादायी उपयोग मार्फत जीवनका विविध पक्षहरुको रुपान्तरण गरी मानवीय जीवनलाई थप व्यवस्थित, सिर्जनशिल र सृदृढ गराउनु रहेको भन्दै सनातन संस्कृतिको अनुपम सौन्दर्यले भरीपूर्ण शान्त र सौम्य मुलुकको रुपमा विशिष्ट पहिचान बनाएको मित्रराष्ट्र नेपालको सबैभन्दा ठूलो विश्वविद्यालयको दीक्षान्त समरोहमा उपस्थित भई आफ्नो अनुभव र दृष्टिकोण राख्न पाउँदा अत्यन्तै गौरवको अनुभुति भएको बताउनुभएको थियो । शिक्षाले सम्भावनाको उजागर गर्ने, विनयशिलता अभिबृद्धि गर्ने, सत्यको खोजी गर्ने र सभ्यताको सम्मान गर्न सिकाउने, मानवकल्याणको पक्षमा उभिने, अध्यारोमा प्रकाशको सम्भावनाको खोजी गर्ने साथै भय र क्रासवाट मुक्त समाज निर्माण गर्ने असिमित क्षमताको विकास गराउने दृष्टिकोण व्यक्त गर्नुभएको थियो ।

त्रिभुवन विश्वविद्यालयका उपकुुलपति प्रा.डा धर्मकान्त बास्कोटाले ६३ बर्षको गौरवपूर्ण इतिहासमा नेपालका सुगम तथा दुर्गम स्थानमा रहेको आमजनता सामु उच्चशिक्षाको ज्योती फैलाई नागरिकलाई शिक्षित तुल्याई राज्य सञ्चालनमा सहभागी वर्तमान राष्ट्रपतिदेखि प्रधानमन्त्री, पूर्व प्रधानमन्त्रीहरु, मन्त्री, सवै दलका नेता, न्यायमूर्ति, संवैधानिक निकायका प्रमुख, विधायक, राष्ट्रसेवक, योजनाकार, विश्वविद्यालयका उपकुलपति, शिक्षाविद्, प्राविधिक, सुरक्षाकर्मी, कलाकार, सञ्चारकर्मी लगायत समाजका विविध विधामा सेवारत र कार्यरत सक्षम नागरीक निर्माण गर्न सफल भएको बताउनुभएको थियो । त्रिभुवन विश्वविद्यालयले उच्चशिक्षाका लागि विदेशिने परिस्थितिको अन्त्य गर्न योजनावद्ध ढंगले अघि वढिरहेको जानकारी गराउदै त्रिवि लगायत अन्य सञ्चालित विश्वविद्यायहरुलाई व्यवस्थित बनाउन र नयाँ विश्वविद्यालय खोल्ने होडवाजीमा नलाग्न सरकारलाई आग्रह गर्नुभएको थियो । पुराना भौतिक संरचनालाई २०७२ सालको भुकम्पले थप जीर्ण बनाएको भन्दै उहाँले लामो समयसम्म विश्वविद्यालयमा पुननिर्माणको कुनैपनि काम नहुनु, विद्यालय र नवस्थापित विश्वविद्यालयका शिक्षक कर्मचारीहरुको सेवा निवृत्ति पछिको निवृत्तिभरणको दायित्व नेपाल सरकारले लिएता पनि त्रिविका शिक्षक कर्मचारीहरुको जिम्मेवारी नलिदा आर्थिक व्यय वढिरहेको र शिक्षक कर्मचारीहरुमा उत्पेरणाको सट्टा नैराश्यता वढेको बताउनुभएको थियो । उपकुलपति प्रा.डा. बास्कोटाले क्षेत्रीय तथा अन्तराष्ट्रिय स्तरमै हाम्रो उच्चशिक्षालाई प्रतिस्पर्धी बनाउन, हाम्रो भुगोल र यसमा अवस्थित बहुमुल्य जडीबुटी, खनिज पदार्थ, जीवजन्तु, पशुपंक्षी, बनस्पतिहरु, हिमश्रृंखला, हिमताल र नागरिकहरुको विविध भाषा, संस्कृति, रहनसहन, भेषभुषा आदिको अध्ययन अनुसन्धान गरी उच्चशिक्षालाई अन्तराष्ट्रियकरण गर्दै लैजान कार्यरत शिक्षक तथा कर्मचारीहरुको क्षमतामा निरन्तर अभिबृद्धि गर्दै लैजानुपर्ने, त्रिविमा अलुम्नाईहरुलाई विश्वविद्यालयको हितमा प्रयोग गर्नुपर्ने, सुशासन कायम गरी पारदर्शिता बढाउनुुपर्ने, त्रिविका ऐनहरु समयसापेक्ष संशोधन गरी स्वतन्त्र, सवल, अनुसन्धानमुखी र प्रविधिमैत्री विश्वविद्यालयको रुपमा विकसित गर्नुपर्ने आवश्यकता रहेको धारणा व्यक्त गनुृभएको थियो ।

दीक्षान्त समारोमा विभिन्न अध्ययन संस्थान तथा संकायका डीनहरुले ६० औं गे्रसलिष्ट अनुसार २०७८ असार १ देखि २०७९ जेठ ३१ सम्म ट्रान्सक्रिप्ट प्राप्त गरिसकेका सेमेष्टर तथा बार्षिक परीक्षा प्रणाली अन्तर्गतका स्नातक, स्नातकोत्तर, एमफिल तथा विद्यावारिधि तहका विद्यार्थीहरुलाई समारोहमा उपस्थित गराउनुभएको थियो ।